सप्तरीमा हात्ती आतङ्कः ५ घरमा तोडफोड
सप्तरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जङ्गली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जङ्गली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँचवटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिए । सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताए ।
हात्तीले घरमा तोडफोड गर्र्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए । ती हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले धपाउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा दैनिक हात्ती आतङ्क बढेपछि स्थानीयवासी जाग्रामसमेत बस्न बाध्य रहेको सोही ठाउँका अञ्जनी यादवले गुनासो गरे । विगत ६ महिनादेखि कोरोना सङ्क्रमण फैलिएर घरमै बस्नुपर्ने बाध्यता रहेको बेला जिल्लाको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका अग्निकृष्णसवरण गाउँपालिकाकालगायत करिब दुई दर्जनभन्दा बढी गाउँमा दैनिकजसो हात्ती पस्ने गरेको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा बढेको हात्ती आतङ्कलाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण