कोरोना कालमा दोस्रो पटक रकम बाँड्दै दक्षिण कोरिया
बुधबार, १७ भदौ २०७७, ०७ : ०१
दक्षिण कोरियाली सरकारले आफ्ना नागरिकका लागि दोस्रो पटक रकम बाँड्ने भएको छ ।
दक्षिण कोरियाका अर्थमन्त्रीले सरकार र सत्ताधारी पार्टीले केही परिवारलाई रकम बाँड्नुपर्ने बताएका छन् । कोरोनाभाइरसका कारण लागू गरिएको नियमले अर्थव्यवस्थालाई क्षती पुर्याएको भन्दै यसो गर्न अत्यावश्यक भएको उनको ठहर छ ।
मंगलबार टिभीमा प्रसारित एक अन्तरवार्तामा हङ्ग–नेम–की ले सबै परिवारलाई पैसा दिनुको साटो आवश्यकतामा परेकालाई पैसा दिनु थप प्रभावकारी भएको उनले बताए ।
सरकारले यसअघि मे महिनामा सबै परिवारलाई रकम बाँडेको थियो । यसो गरेर सरकारले आफ्ना नागरिकलाई कोरोना महामारीबाट निम्तिएको आर्थिक मारबाट निकाल्न चाहन्थ्यो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण