पेट्रोलियम पदार्थको मृल्यवृद्धि फिता नभए सडकमा आउन बाध्य हुने नेविसंघको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार नृविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक भएको बताए ।
‘जनताको दैनिक जनजीवन निकै कष्टकर हुँदै गर्दा नेपाल सरकारद्वारा सञ्चालित नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक छ । सरकारले निरन्तर जनविरोधी निर्णय गरी लकडाउनको समयमा पनि जनतालाई सडकमा आउन बाध्य न बनाओस्’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो विषम परिस्थितिमा मूल्य वृद्धि गर्नु भनेको पीडामा रहेका जनतालाई झन पीडा दिई भोकमारी तर्फ धकेल्नु भएको नेविसंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकार बाहिर रहँदा सर्वहारा जनताको हकहितको मुद्दा उठाउने तर सरकारको नेतृत्वमा पुगेपछि गरिब, निमुखा जनतालाई बाँच्ने पनि अधिकार छैन भन्ने किसिमले नेकपाको ओली सरकारले जनतामाथि गरेको व्यवहारको नेपाल विद्यार्थी संघ घोर निन्दा गर्दछ ।’
यस्तो परिस्थितिमा सरकारले जनताको जीवन रक्षा मा ध्यान केन्द्रीत गर्दै सर्वसुलभ खाद्य समाग्री उपलब्ध गराउने र राहतको प्याकेज ल्याउनुपर्नेमा उल्टै जनताबाट रकम असुल गर्ने निकृष्ट कार्य नेविसंघलाई स्वीकार्य नहुने ढुंगानाले बताए । सरकारले मंगलबार राति १२ बजेबाट लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण