शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

लकडाउनको मार : व्यवसाय सञ्चालनको वातावरण बनाउन रुपन्देहीका उद्योग वाणिज्य संघहरुको माग

शुक्रबार, १९ भदौ २०७७, १० : २६
शुक्रबार, १९ भदौ २०७७

बुटवल ।  लामो समय लकडाउन रहदा उद्योगीहरु मारमा परेको भन्दै काम गर्ने वातावरण बनाइदिनको लागी आवज उठ्न थालेको छ । यस्तैमा रुपन्देही जिल्लामा रहेका उद्योग वाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाइ दिन माग गरेका छन् । रुपन्देही जिल्लामा रहेका पाँच वटा उद्योग वाणिज्य संघले कोरोना भाइरस संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै निजी क्षेत्रको लगानी समेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसंग माग गरेका हुन् ।

रुपन्देही जिल्लामा रहेका बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग बाणिज्य संघले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरि यहि भदौ २० गते पश्चात निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालनको वातावरण बनाउन जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेको हो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा छोटो समय मात्रै पसल सञ्चालन गर्ने अभ्यासले झनै भिडभाड बढ्ने र संक्रमणको जोखिम समेत बढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्ने व्यबस्था मिलाउन आग्रह गरिएको छ

सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो भने त्यस यता जिल्ला प्रशासन तथा स्थानी सरकारले लकडाउन गर्दै आएका छन् । जसका कारण उद्योग, व्यापार व्यासाय तथा जनजीवन समेत पनि ठप्प रहको भन्दै यसबाट सापेक्षित रुपमा जनजीवन र उद्योग व्यापार व्यबसायलाई सहज बनाउनकालागि सरकारसँग आग्रह गरिएको हो ।

त्यस्तैगरी विज्ञप्तिमा कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल पूर्वाधार विकास र पीसीआर परीक्षणलाई तीव्रता दिन पनि आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप