सरकार गैरजिम्मेवार बन्दा झडप: नेकपा माले
काठमाडौं । सीपी मैनाली नेतृत्वको नेकपा मालेले भदौ १७ गते बुधवार राती आएको पहिरो र बाढीले बाग्लुङ जिल्लाको ढोरपाटन नपा ९ मा भएको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । महासचिव मैनालीले विज्ञप्ति जारी गर्दै उक्त प्राकृतिक विपदमा परेर मृत हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेको छ । साथै सो पार्टीले सरकारसँग पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
उसले देशका विभिन्न स्थानमा बाढीले पु¥याउने क्षतिको सम्बन्धमा पूर्वअध्ययन र अनुमान गरी क्षतिको न्यूनिकरण गर्ने सम्बन्धमा समयमै कार्य गर्न ध्यानाकर्षण गराएको छ ।
मालेले रातो मत्स्येन्द्रनाथको रथयात्राको क्रममा ललितपुरमा सर्वसाधारण जनता र प्रहरी बीच भएको झडपप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । घटनालाई दुःखद भन्दै सरकारको गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण