चन्द्रागिरीमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ
शुक्रबार, १९ भदौ २०७७, १६ : ३७
काठमाडौँ । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटले मुगु सोरु गाउँपालिका– १० घर भई चन्द्रागिरी बस्ने वर्ष २८ को लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका– १० घर भई चन्द्रागिरि बस्ने वर्ष २३ को रतनबहादुर शाहीलाई पक्राउ गरेको हो ।
एक हप्ताअघि काठमाडौँको चन्द्रागिरि– १ दहचोक बस्ने एक महिलालाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए । त्यसपछि उनीहरुविरुद्ध प्रहरीमा ती युवतीले जाहेरी दिएकी थिइन् ।
पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको थानकोट प्रहरी प्रमुख घनश्याम श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण