जापानी समुद्री क्षेत्रमा कार्गो पानीजहाज दुर्घटनाग्रस्त, ५ हजार ८ सय गाई मरे
टोकियो । न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् ।
जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफानका कारण “गल्फ लाइभस्टक १” नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् । उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओशिमा द्वीपको उत्तरपश्चिम करिब १२० किलोमिटरको दूरीमा चालक दलका दोस्रो व्यक्ति अचेत अवस्थामा फेला पारेका थिए । तर उपचारका लागि अस्पताल भर्ना भएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
जापानी क्षेत्रीय तटीय सुरक्षा दका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरेका गाईहरु तैरिएको देखिएको जानकारी दिए । करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र पाँच हजार ८०० गाई रहेका थिए । उक्त जहाज मध्य अगष्टमा न्यूजील्याण्डबाट चीनको पूर्वी शहर ताङ्शानतर्फ हिँडेको थियो ।
न्यूजील्यान्डका अधिकारीहरुले उक्त दुर्घटनापछि जिउँदा गाई चीनतर्फ निकासी गर्न तत्कालका लागि बन्द गरिएको र घटनाको अनुसन्धान शुरु भएको बताएका छन् ।
उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँधीले जहाज हल्लाएको र डुबेको बताएका छन् ।
एडभार्डोले आफू लाइफज्याकेट लगाएर समुद्रमा हाम फालेको तर अरु साथीहरुका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् । पानीजहाजमा ३९ जना फिलिपिनी, दुई जना न्यूजील्यान्ड र दुई जना अस्ट्रेलियाका नागरिक चालक दलका सदस्य रहेको बताइएको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण