ललितपुरमा कर्फ्यू हटेपछि निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी जम्मा नहुन आदेश जारी

काठमाडौं – ललितपुर जिल्लाका दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । शुक्रबार राति १० बजेबाट कर्फ्यु हटेपछि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुनेछ। निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन आदेश जारी गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ ।
बिहीबार रथ तान्दा प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडपपछि प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
-
८० प्रतिशत दलित महिला बलात्कारपछि मारिन्छन्
-
बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
-
‘राज्यसत्तासम्म दलितको पहुँच पुगेन, उनीहरूलाई जे गरे पनि हुन्छ भन्ने सोच छ’
-
रेबिज लागेर एक जनाको मृत्यु
-
‘मानिसहरूमा मानवता हराएजस्तो देखियो’