रुपन्देहीमा लकडाउन खुकुलो : भदौ २८ गतेसम्म थप
कोरोना समुदायस्तरमा सङ्क्रमण नियन्त्रण गर्न रुपन्देही प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको सिफारिसबमोजिम जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले जिल्लाभरि लागू हुने गरी भदौ २८ गते १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबारदेखि व्यापार–व्यवसाय बिहान ११ देखि बेलुका ६ बजेसम्म खोल्न पाउने गरी प्रशासनले आदेश जारी गरेको छ । यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन् ।
सरकारी कार्यालयहरुमा भीडभाड नहुने गरी व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सङ्क्रमण ऐन, २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारी महादेव पन्तद्वारा आज जारी आदेशमा भनिएको छ ।
यस्तै जिल्लाभित्र सञ्चालित सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्थासहित नियमित सेवा दिनसक्ने प्रजिअ पन्तले जारी गर्नुभएको आदेशमा उल्लेख गरिएको छ ।
उद्योग व्यवसायअन्तर्गतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ ।
यस्तै सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटीपार्लर, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने यसअघिकै आदेशअनुसार पूर्णरुपले बन्द रहनेछन् ।
प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने र विभिन्न नाका प्रयोग गरेर गैरकानूनी रुपमा नेपाल भारत आउन जान पनि रोक लगाइएको छ तर नेपाल सरकारले आवतजावतका लागि तोकेको बेलहिया नाकाबाट हुने आवतजावतलाई भने खुल्ला रहने बताइएको छ ।
रुपन्देही जिल्ला हुँदै मुख्य राजमार्गमा अत्यावश्यक गाडी चल्न पाउने तर जिल्लाभित्र सरकारले अनुमति दिएकाबाहेक कुनै पनि गाडी चलाउन रोक लगाइएको छ ।
प्रशासनले जारी गरेको आदेशमा अत्यावश्यकीय वस्तु र सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायत क्षेत्रका गाडी सञ्चालनमा भने कुनै पनि किसिमले रोक लगाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण