सुशान्तसिंह राजपूतका घरेलु सहयोगी पक्राउ
एजेन्सी । केही महिनाअघि आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन् । सुशान्त सिंह राजपूतको मुद्दा चलिरहेका बेला नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले राजपूतको घरमा सहयोगीको रुपमा काम गर्दै आएका दीपेशलाई पक्राउ गरेको हो ।
एनसीबीका डेपुटी डाइरेक्टर केपीएस मल्होत्राले घरेलु सहयोगी दीपेश पक्राउ परेको पुष्टि गरेका छन् । दीपेशलाई लागूपदार्थ खरिद र कारोबार गरेको आरोप पक्राउ गरिएको जनाइएको छ । उनी डिजिटल सबुत र बयानका आधारमा पक्राउ परेका हुन् ।
उनलाई आइतबार बिहान ११ बजे अदालतमा पेश गरिनेछ । दीपेशलाई अहिले सोधपुछ गर्ने काम भैरहेको भारतीय प्रहरीले जनाएको छ । यसअघि सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक शमुएल मिरन्डालाई हिरासतमा राखिदै आएको छ । उही समयमा ड्रग पेडलर काइजेनलाई पनि १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ ।
एनसीबीले शौविक चक्रवती र शमुएल मिरन्दालाई भने ७ दिनको हिरासतमा पठाएको छ । एनसीबी दक्षिण पश्चिम डेपुटी डीजी मुथा अशोक जैनले भने– ‘४ जनलाई हिरासतमा राखिएको छ । रिया चक्रवर्ती लगायत अरु धेरैलाई अनुसन्धानमा सहभागी हुन आग्रह गरिनेछ ।’ सुशान्तको मृत्युपछि त्यहाँको प्रहरीले रिया चक्रवर्ती लगायत थुप्रैलाई थप अनुसन्धानका लागि सोधपुछ गर्ने र हिरासतमा लिने क्रम जारी राखेको भन्दै बीबीसीले सामाचार लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन चिनियाँ राजदूतका चार प्रस्ताव
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण