दाङमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने
आइतबार, २१ भदौ २०७७, १५ : ५४
दाङ । दाङमा भोलि अर्थात (सोमबार) देखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमवारदेखि लागू हुनेगरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागू गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा समितिका संयोजक गोविन्द प्रसाद रिजालले सार्वजनिक यातायातका साधनहरु भने चल्न नपाउने जानकारी दिए ।
सिडिओ रिजालकाअनुसार दिउँसो १२ बजेपछि नियमित रूपमा लकडाउन हुनेछ । ‘उपभोक्ताको सहजताका लागि बिहान ६ घन्टा बजार खोल्ने निर्णय गरेको छौं,’ प्रजिअ रिजालले भने– ‘दिउँसोदेखि पुन लकडाउन हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण