निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग

काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्ँिबदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेको जनाउँदै निषेधाज्ञाको विकल्प खोजेर व्यापार व्यवसायको वातावरण मिलाउन माग गरेको हो ।
सङ्घका महासचिव बैकुण्ठ दाहालले कोरोना सङ्क्रमणका कारण निरन्तर भएको बन्दाबन्दी र निषेधाज्ञाले हजारौँ व्यवसायी आफ्नो व्यापार व्यवसाय छोड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताए । “व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, व्याज, कर, तलबलगायत कुराहरुले व्यवसायी मानसिक तनावमा परेका छन्, व्यापार व्यवसायको वातावरण मिलाउन आग्रह गर्दछौँ”, उनले भने
सङ्घले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी व्यवसाय सञ्चालनको वातावरण मिलाउन अनुरोधसमेत गरेको छ । सङ्घले उपत्यकामा पिसिआर परीक्षणको दायरा बढाउनसमेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण