काँग्रेसले भन्यो : प्रदेश ५ सरकार कोरोना नियन्त्रणमा गतिहीन र योजनाविहीन भयो
बुटवल । कोरोना नियन्त्रणमा प्रदेश सरकरको भूमिका कमजोर भएको सुनासो आइरहेका बेला नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई ध्यानकर्षण गराएको छ ।
नेपाली काँग्रेसले प्रदेश नं. ५ को सरकार कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचारमा दिशाविहीन बन्दै गएको ठहर गरेको छ । प्रदेश सरकार दिशाविहीन र योजनाविहीन बनेकै कारण संक्रमण नियन्त्रण बाहिर जान थालेको र आर्थिक सामाजिक संकट चुलिँदै गएको ठहर काँग्रेसले गरेको हो ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी काँग्रेसले कोरोना नियन्त्रण र उपचारमा प्रदेशको तयारी निकै फितलो भएको भन्दै प्रदेस सरकारसंग संक्रमण नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजना बनाउन माग गरेको छ ।
काँग्रेस संसदिय दलका नेता बिरेन्द्रकुमार कनौडीयाले संक्रमण नियन्त्रण गर्दै आम नागरिकको जीवन सहज बनाउन अल्पकालिन र दीर्घकालीन योजनाको माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाइ ध्यानाकर्षण गराएका छन् ।
कोरोना संक्रमण रोकथाम र उपचारको तयारीप्रति सरकार समयमै गम्भीर नहुँदा संक्रमण नियन्त्रण बाहिर जान थालेको र त्यसले आम नागरिकको जीवन संकटमा परेको मुख्यमन्त्रीलाइ बुझाइएको पत्रमा उल्लेख छ ।
संक्रमण नियन्त्रणकालागी गर्नु पर्ने तयारी नै नगरी लकडाउन र निषेधाज्ञामा भर परेको भन्दै काँग्रेसले अहिले भइरहेका निषेधाज्ञा ठोस अध्ययनका आधारमा नभइ हचुवाका भरमा गरीएको बताएको छ ।
सबै अस्पतालहरुमा कोरोनाका संक्रमितलाइ राखीने कुरा व्यवहारिक नभएको भन्दै काँग्रेसले आवश्यकता अनुरुप केही निजी अस्पतालहरुलाइ कोरोना अस्पतलाको रुपमा बिस्तार गर्न माग गरेको छ ।
संक्रमतिको उपचारकालागि अक्सिजन, सघन उपचार,तथा भेन्टिलेटरको प्रयाप्त व्यवस्था गर्न,संक्रमणको सर्भिलेन्स र ट्रेसिङको आधारमा पिसिआर परिक्षणालाइ व्यापक बनाउन,आइसोलेसन,क्वारेन्टिनको उचित व्यवस्था गर्न माग गरीएको छ ।
संक्रमण नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मीले पाउनु पर्ने जोखीम भत्ता समयमै उपलब्ध गराउन र किसानलाइ रसायनिक मलको सहज आपुर्तिकालागि माग गरीएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण