ब्राजिललाई पछि पार्दै भारत बन्यो कोरोनाद्वारा सबैभन्दा प्रभावित दोस्रो देश
सोमबार, २२ भदौ २०७७, १२ : ४१
भारतमा पछिल्लो २४ घण्टामा ९० हजार बढी संक्रमित भेटिएका छछन् । यसका साथै यहाँ कूल संक्रमितको संख्या ४२ लाख नाघेको छ ।
संसारभरी यतिबेला भारत ब्राजिललाई पछि पारेर कोरोना संक्रमणको दोस्रो सर्वाधिक प्रभावित देश बनेको छ ।
पछिल्लो सात दिनमा हरेक दिन ७५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । अर्थव्यवस्थालाई गती दिने उद्देश्यले सरकारले लकडाउनको प्रतिबन्ध हटाएको छ । यता कोरोना संक्रमण भने दिनानुदिन बढ्दो छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार भनेको छ, ‘पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १०१६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कूल संख्या ४२,०४,६१४ भएको छ जसमा ८,८२,५४२ सक्रिय संक्रमित छन् ।’
भारतमा कोरोनाद्वारा संक्रमित भएपछि ३२,५०,४२९ मानिसहरु ठिक भएका छन् । यो महामारीले अहिलेसम्म ७१,६४२ को ज्यान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण