ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकको सहयोग
बुटवल। बाढी प्रभावित बागलुङको ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक सहयोग गरेको छ । बढी पीडित परिवारको राहतका लागि बैंकले नगरपालिकाको दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयां सहयोग गरेको हो ।
बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र बैंकको बुर्तिबाङ शाखा प्रबन्धक प्रेमनाथ पौडेलले सोमबार बुर्तिबाङमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई डेढ लाख रुपैयांको चेक प्रदान गरेका छन् । चेक बुझ्दै ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले बाढीका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खाँचो रहेको बताए । बैंकका अध्यक्ष श्रेष्ठले बाढीपीडित परिवारको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताए ।
यसअघि बैंकले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको र प्युठानका स्थानीय तहमा पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । गत बुधबार राति ढोरपाटन शिकार आरक्ष छेउको देउराली पहाड पहिरोले खसेर भुजी खोला थुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना वेपत्ता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण