पाल्पा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
सोमबार, २२ भदौ २०७७, १५ : ५६
पाल्पा । एक हप्तादेखि भर्ना गरी राखिएको बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि पाल्पा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पताल विकास समितिले सेवाग्राहीलाई कोरोना सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा हाल बन्द गरेको निमित्त मेडिकल सुपरटेण्डेण्ट डा.जगदीश कुँवरले जानकारी दिए ।
सो बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटेभि आएपछि मात्रै अस्पतालको सेवा सञ्चालन गरिने उनले बताए । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ की ८२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण