रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ ।
इन्स्योरेन्सको साउन ४ देखि भदौ ८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरी भदौ १२ गतेका दिन बाँडफाँट गरेको रु. १०० अंकित दरका ६३,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको हो ।
सो सूतिकृत समझदारी पत्रमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरे ।
रिलायन्स लाइफले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्न लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराइज क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।
बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्काशन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण