ट्रम्पको सम्पत्ति एकै वर्षमा २ खर्ब ९३ अर्बबाट ६० अर्बमा झर्यो
अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यो वर्ष निकै कष्टकर रह्यो । महाअभियोग र महामारीभन्दा पनि माथि उनको सम्पत्तिमा करिब २० प्रतिशतको कमी आएको छ । उनको सम्पत्ति एकै वर्षमा २.५ बिलियन डलर (२ खर्ब ९३ अर्ब) बाट झरेर ६ सय मिलियन डलर (६० अर्ब) मा झरेको छ । यससँगै उनी द फोर्ब्स ४०० को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् । गत वर्षभन्दा ६४ स्थान मुनी ।
कोरोनाभाइरसले उनलाई राष्ट्रपति चुनावको प्रतिस्पर्धामा मात्रै चुनौती थपेको छैन यसले उनको लगानी रहेको थुप्रै उद्योगलाई ठूलो धक्का दिएको छ । ठूला कार्यालय भवनको मूल्यमा गिरावट आएको छ । ठूला शहरमा भएका होटलको पनि त्यस्तै हाल छ । डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ । यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ ।
यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५० पार्किङ स्थल छन् । उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् । सामान्य स्थितीमा यसबाट निकै आम्दानी हुने गर्दथ्यो तर न्यूयोर्करहरु शहरबाट धमाधम बाहिर गरिरहेका बेला यहाँको चहलपहल शून्यप्राय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण