मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बिपी कोइराला आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाका निर्माता:  उपसभापति निधि

हामी बिपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौं: महामन्त्री कोइराला
बुधबार, २४ भदौ २०७७, १६ : १४
बुधबार, २४ भदौ २०७७

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बिपी कोइराला नेपालको आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता भएको बताएका छन् । १ सय ७ औं बिपी  जयन्तीमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा उनले भने, ‘नेपालको निर्माता पृथ्वीनारायण शाह थिए भने नेपालको आधुनिक र लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता बिपी कोइराला हुनुहुन्छ ।’

निधिका अनुसार बिपीको राष्ट्रिय मेलपमिलापको नीति राजनीतिक आन्दोलनको मोडल थियो ।  उनले भने, ‘उहाँ मेलमिलापको नीति लिएर आएपछि तरंग ल्याएको थियो । उनले पञ्चायत सकिए पनि राजा नसकिन सक्छ भन्नुभएको थियो । पछि बहुदलीय लोकतन्त्र पुनस्थापन गर्यौं ।’

नेपाली काँग्रेसको लोकतन्त्रप्रतिको निस्ठाले काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान बनेको उनले बताए । नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सकिएकोमा काँग्रेसले गर्व गर्नुपर्ने बताए । अब संविधानको रक्षाका लागि काँग्रेस लाग्नुपर्नेमा उनले जोड दिए । 

यस्तै काँग्रेस महामन्त्री शशांक कोइरालाले काँग्रेस पार्टी  बिपीको पदचिन्हभन्दा पृथक हिँड्न थालेको बताए । बिपी पुत्र शशांकले भने, ‘हामी बीपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौं । बीपीको समाजवाद भन्छौं तर समाजवादी हुन सकेका छैनौं । हामी समाजवाद भन्छौं तर स्वास्थ्य र शिक्षा अहिले पनि निशुल्क छैन । समाजवाद उन्मुख संविधान भनेका छौं तर हामी त्यतातिर उन्मुख छैनौं ।’

बिपीले भनेको समाजवादमा अहिले केही परिवर्तन आए पनि बिपी विचार सान्दर्भिक रहेको उनको जिकिर छ । शशांकले बिपीको शब्दकोषमा समावेशी शब्द नभएपनि व्यवहारमा भएको बताए ।  ‘समावेशी शब्द उहाँको डिक्सनरीमा थिएन तर उहाँको मन्त्रिमण्डल समावेशी थियो । महिला र जातजातिलाई समावेश गर्नुभएको थियो । त्यतिबेला अहिलेको जस्तो बाध्यकारी अवस्था थिएन तर उहाँ त्यसमा सचेत हुनुहुन्थ्यो’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप