दुई जना महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
बिहीबार, २५ भदौ २०७७, १० : ४५
कास्की – डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ वर्षीया महिला र ३६ वर्षीया अर्की महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ शान्तिनगर घर भएका ३७ वर्षीय बामदेव सुवेदी रहेका कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
पीडित महिलाको जाहेरीको आधारमा सुवेदीलाई आफ्नै घरबाट पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । घरमा एक्लै रहेको बेला सुवेदीले करणी गर्ने गरेको महिलाले प्रहरीसमक्ष बताएकी छन् ।
करणीमा संलग्न सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको एसपी श्रेष्ठले बताए । सुवेदीविरुद्ध जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण