ड्रग्स मुद्दामा रिया चक्रवर्तीको दोस्रो जमानत याचिका खारेजः अदालतले भन्यो, ‘यो गम्भीर अपराध हो’
सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि गिरफ्तार भएकी रिया चक्रवर्तीको जमानत खारेज भएको छ । उनी अब २२ सेप्टेम्बरसम्म जेलमा बस्नुपर्नेछ । रियाबाहेक शोविक चक्रवर्ती, अब्दुल बासित, जैल विलात्रा, दिपेश सावन्त र स्यामुअल मिरान्डाको पनि याचिका खारेज भएको छ । निर्णय सुनाउने बेला न्यायाधीस जेबी गुरवले यो गम्भीर अपराध भएको बताउँदै यसबारे विस्तृत अनुसन्धानको आवश्यकता भएको बताए ।
अदालतको निर्णयमा रियाका वकिल सतिश मानशिन्देले अर्डरको कपी पाएपछि अगाडिको कदम उठाउने बताए । आफूहरुले अर्को हप्ता हाइकोर्टम अपिल गर्नसक्ने बताए ।
यसअघि मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टले बिहिबार निर्णय रिजर्भ राखेको थियो । ८ सेप्टेम्बरमा मजिस्ट्रेट कोर्टले जमानत याचिका खारेज भएपछि रियाले मेट्रोपोलिटन मजिस्ट्रेट कोर्टमा अपिल गरेकी थिइन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय (इडी) ले रियाविरुद्ध नयाँ मुद्दा दर्ता गर्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण