कविता : विचित्रको कानुन
शनिबार, २७ भदौ २०७७, १० : २९
बडा विचित्रको जङ्गली कानुन
सूर्योदयसँगै एउटा
ज्यान पाल्न दौडन्छ
अको ज्यान बचाउन दौडन्छ !
बडा विचित्रका मानव
बिहानै एउटा
पेट पाल्न दौडन्छ
अर्को पेट फाल्न दौडन्छ ।
बडा बिचित्रको संस्कार
एउटी नारी
हवाई जहाज उडाउँछिन्
अर्की नारी छाउपडी धाउँछिन् ।
बडा विचित्रको कानुन
एउटै कसुरमा
हुने खाने ससम्मान उन्मुक्ति पाउँछ
हुँदा खाने जन्म कैद भोग्दछ !
बडा विचित्रको धर्म
एउटा मानव मन्दिरभित्र
लम्पसार पर्दछ
अर्को मानव ढोकासम्म छुन पाउँदैन ।
बडा विचित्रको राजनीति
आफ्ना मान्छे
खोजी खोजी पद भिडाइन्छ
सक्षम पाखा लगाइन्छ ।
अब बाच्नका लागि ...
पार्टीको छाप लगाउनु पर्छ
भ्रष्टहरुको नाता पर्नुपर्छ
कालाबजारी मित हुनुपर्छ
पुलिस प्रशासन् दाहिना हुनु पर्छ
अड्डा अदालत मुठीमा हुनुपर्छ ।
खै केके हुनु पर्छ केके ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै
-
वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित
-
सशस्त्रको स्टोर आगलागी छानबिन समितिले बुझायो प्रतिवेदन