कविता : विचित्रको कानुन
शनिबार, २७ भदौ २०७७, १० : २९
बडा विचित्रको जङ्गली कानुन
सूर्योदयसँगै एउटा
ज्यान पाल्न दौडन्छ
अको ज्यान बचाउन दौडन्छ !
बडा विचित्रका मानव
बिहानै एउटा
पेट पाल्न दौडन्छ
अर्को पेट फाल्न दौडन्छ ।
बडा बिचित्रको संस्कार
एउटी नारी
हवाई जहाज उडाउँछिन्
अर्की नारी छाउपडी धाउँछिन् ।
बडा विचित्रको कानुन
एउटै कसुरमा
हुने खाने ससम्मान उन्मुक्ति पाउँछ
हुँदा खाने जन्म कैद भोग्दछ !
बडा विचित्रको धर्म
एउटा मानव मन्दिरभित्र
लम्पसार पर्दछ
अर्को मानव ढोकासम्म छुन पाउँदैन ।
बडा विचित्रको राजनीति
आफ्ना मान्छे
खोजी खोजी पद भिडाइन्छ
सक्षम पाखा लगाइन्छ ।
अब बाच्नका लागि ...
पार्टीको छाप लगाउनु पर्छ
भ्रष्टहरुको नाता पर्नुपर्छ
कालाबजारी मित हुनुपर्छ
पुलिस प्रशासन् दाहिना हुनु पर्छ
अड्डा अदालत मुठीमा हुनुपर्छ ।
खै केके हुनु पर्छ केके ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण