सिन्धुपाल्चोक पहिरोः वेपत्ताहरुको खोजी,राहत र उद्दारमा लाग्न प्रचण्डको आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार रातिको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख लागेको जनाएका हुन् ।
उक्त दुर्घटनामा ६ जनाको शव फेला परेको छ भने बाँकी २४ जना अझै हराइरहेका छन् । पहिरोबाट १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । अध्यक्ष प्रचण्डले वेपत्ताको खाजी, उद्दार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु सहित सम्पूर्ण नागरिकहरुमा अनुरोध पनि गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानहरुमा विगत केही महिनादेखि पहिरोबाट निरन्तर रुपमा धनजनको क्षति भइरहेको छ । यस्ता पहिरो जाने सम्भावित स्थानहरुको पहिचान गरी त्यहाँ बसोबास गरिरहेका नागरिकहरुको स्थानान्तरण गरी वैकल्पिक बसोबासको व्यवस्था गर्न प्रचण्डले सरकारसँग आग्रह गरेका छन् । ‘शोकको यस घडीमा पहिरोमा परी निधन हुनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु’, प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण