लुम्बिनी प्रदेशिक अस्पतालमा पिसिआर परीक्षणको शुल्क घट्यो
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २५ सय रुपयाँमा कोरोना परीक्षण हुने भएको छ । यस क्षेत्रको पुरानो र ठुलो अस्पताल मानिने लुम्बिनी प्रदेशिक अस्पतालको आज बसेको विकास समितिको बैठकले भोलिदेखी शुल्क घटनाउने निर्णय गरेको हो ।
बैठकले शुल्क घटाउने निर्णय गरेको अस्पतालका मेसु डा.राजेन्द्र खनालले रातोपाटीलाई बताए । यस्तै अस्पतालमा पिसिआर परीक्षण पनि दोब्वर बनाई दैनिक ४ सयदेखि ५ सयको परीक्षण गर्ने तयारी गरिएको उनले बताए ।
यसअघि सोही अस्पतालमा पहिलोपटक परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने गरेको थियो भने पछिल्लो समयको शुल्क ४४ सय रहेको थियो । अब सोमबारदेखि २५ सयमा परीक्षण गर्ने नियम लागू हुनेगरी निर्णय भएको छ । त्यस्तै २४ घण्टामा रिपोर्ट दिने गरी कर्मचारी र मेसिनको व्यवस्थापन गरिएको समेत उनले बताए ।
कुनै कारण कोरोना परीक्षण गर्नुपर्ने चिकित्सकले सिफारीस गरेका बिरामी र कोरोना पुष्टी भएका बिरामीको सम्पर्कमा रहेका व्यतिmहरुलाई भने निःशुल्क रुपमा परीक्षण गरिँदै आएको छ । तर व्यक्तिगत रुपमै परीक्षण गराउन चाहनेहरुका लागि शुल्क लिने नीति रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण