छोराद्वारा मदिरा सेवन गरी अन्धाधुन्ध बञ्चरो प्रहार गरी आमाको हत्या
सोमबार, २९ भदौ २०७७, ०७ : २९
झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।
मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।
नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए ।
हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण