कोरोनाको सबैभन्दा तीब्र वृद्धि अब भारतमा भाइरहेको छः डब्ल्यूएचओ
पछिल्लो २४ घण्टामा विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको ३ लाख ७ हजार ९ सय ३० नयाँ मामिला दर्ता गरेको छ । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा वृद्धि भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा कोरोनाका ९४ हजार ३ सय ७२ नयाँ संक्रमित दर्ता गरिएको छ जबकी अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन् । यस्तै, अमेरिका र भारत दुबै
देशमा १ हजार भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको छ ।
रिपोर्टमा पछिल्लो २४ घण्टामा ब्राजिलमा ८ सय ७४ को महामारीमा मृत्यु भएको छ । स्वास्थ्य एजेन्सीले पछिल्लो २४ घण्टामा ५ हजार पाँच सयभन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भएको बताएको छ । यससँगै संसारभरी यो महामारीका कारण मृत्यु हुनेको संख्या बढेर ९ लाख १७ हजार ४ सय १७ पुगेको छ ।
संगठनका अनुसार संसारमा हालसम्म कोरोना संक्रमणका दुई करोड ८० लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् जसमध्ये लगभग आधा संक्रमित अमेरिकाका छन् ।
विश्व स्वास्थ्य संगठनका प्रवक्ताले यसअघि ६ सेप्टेम्बरमा एक दिनमा कोरोना संक्रमणको सबैभन्दा बढी मामिला देखिएपछि रेकर्ड बनेको थियो । ६ सेप्टेम्बरमा तीन लाख ६ हजार ८ सय ५७ नयाँ संक्रमित फेला परेका थिए ।
अमेरिकापछि भारतमा कोरोनाका सबैभन्दा बढी संक्रमित पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार अगस्ट महिनामा भारतमा कोभिड–१९ का लगभग २० लाख नयाँ मामिला सार्वजनिक भयो जो यो महामारीको सुरुवातदेखि अहिलेसम्मको सबैभन्दा ठूलो मासिक आँकडा हो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण