नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
सोमबार, २९ भदौ २०७७, २३ : २१
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोर खोलामा फेरि सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती १०ः ३० मा पुनः पहिरो गई सडक अवरुद्ध भएको हो । चितवनको इच्छा मनकामना गाउँपालिका ६ पाँचकिलो नजिक चोरखोलामा राती फेरि भारी वर्षात भएर पहिरो गएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भोलि उक्त अवरोध नहटुञ्जलेसम्म नारायणगढ मुग्लिङ सडक खण्ड प्रयोग नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै उक्त सडकखण्डमा रहेका सवारी साधनहरुले रातको समय र सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन समेत अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण