कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेज बीच दक्ष जनशक्ति निर्माण सहकार्य गर्ने सहमति
काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेज बीच बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्ट कलेजका प्रिन्सिपल उदय राज पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरे ।
२०६४ साल देखि आफ्नो वित्तीय कारोबार शुरु गरेको यस बैंकले देशका विभिन्न स्थानमा १२४ वटा शाखातथा केन्द्रीय कार्यालय मार्फत नौं सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
साथै, क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बीबीए, बीएचएम र एमबीएका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । हाल यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् ।
कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत उक्त लक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गर्ने समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
यो समझदारीमार्फत बैंकका कर्मचारीले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजका प्रिन्सिपल उदय राज पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : राई
-
किन फुट्यो जसपा नेपाल ? यस्ता छन् अशोक राई पक्षको तीन तर्क
-
ललितपुरमा बसबाट खसेर बालिकाको मृत्यु
-
के छ केदार कार्कीले दर्ता गरेको रिटमा ? (पूर्णपाठ)
-
गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)