बङ्गलादेशमा एकैदिन १ हजार ७ सय कोरोना सङ्क्रमित थपिए, ४३ जनाको मृत्यु
एजेन्सी । बङ्गलादेशमा विगत २४ घण्टामा थप एक हजार ७२४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने उक्त अवधिमा थप ४३ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार बङ्गलादेशमा मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४१ हजार ५६ पुगेको छ भने चार हजार ८०२ जनाको मृत्यु भएको छ ।
सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशभरि विगत २४ घण्टामा १४ हजार ५० नमूनामा कोरोना परीक्षण गरिएको छ । निर्देशनालयका अनुसार देशभर कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार २३९ रहेको छ भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या दुई लाख ४५ हजार ५९४ रहेको छ ।
बङगलादेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७२.०१ प्रतिशत पुगेको छ भने सङ्क्रमितमध्ये १.४१ प्रतिशत विरामीको मृत्यु भएको छ । बङ्गलादेशमा जुलाई २ मा सबभन्दा बढी दैनिक चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण