यो विलासी बंगलामा बस्छन् प्रियंका र निक जोनस, मूल्य कति होला ?
बुधबार, ३१ भदौ २०७७, ०९ : ५९
विवाहपछि निक जोनस र प्रियंका चोपडा आफ्नो जीवनमा निकै खुसी छन् र आफ्ना प्रत्येक समय रमाइलो गरी बिताइरहेका छन् । प्रियंका विवाह पछि निकको लक एन्जिल्समा अवस्थित घरमा बस्छिन् । त्यहाँ उनको घर निकै नै सुन्दर छ ।
निक जोनस र प्रियंकाको लस एन्जिल्सस्थित यो घर निकले प्रियंकालाई उपहारस्वरुप दिएका हुन् ।
यी दुईको यो घर कुनै विलासी महलभन्दा कम छैन । स्रोतका अनुसार उनीहरुको यो घर २० हजार वर्ग फुटमा बनेको छ जसमा ७ कोठा, ११ बाथरुम, मुभी थिएटर, बार, इन्डोर बास्केटबल कोर्ट, स्विमिङ पूल छन् ।
यो घर बाहिरबाट हेर्दा जति सुन्दर हो, भित्रबाट झनै राम्रो छ । निक र प्रियंकाको यो घरको डिजाइन नै युनिक छ ।
स्रोतका अनुसार निक जोनस र प्रियंका चोपडाको यो घरको मूल्य १५० करोड भारु हो ।
निक र प्रियंकाले यसै वर्ष लस एन्जिल्समा उक्त घर खरिद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण