असोजभित्रै स्थिर ब्याजदर तालिका सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । कर्जा चुक्ता अवधिभर घटबढ नहुने ब्याजदर (स्थिर ब्याजदर) कार्यान्वयनमा राष्ट्र बैंक कठोर देखिएको छ । बैंकहरुले तत्काल स्थिर ब्याजदरको कार्यान्वयन गर्न अप्ठ्यारो हुने बताइरहँदा बैंकले समयसीमा तोकेरै त्यस्तो ब्याजदर तालिका सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तिय संस्थाको नाममा परिपत्र जारी गर्दै असोज महिनाभरी नै यस्तो ब्याजदर निर्धारण गर्न बैंकहरुलाई निर्देशन दिएको हो । यो निर्देशनसँगै कात्तिक महिनादेखि लागु हुनेगरी बैंकहरुले आफूले प्रवाह गरेको एक वर्षभन्दा बढी अवधिका व्यक्तिगत कर्जाको स्थिर ब्याजदर तोक्नुपर्नेछ ।

बैंकरहरुले भने स्थिर ब्याजदरको कार्यान्वयन प्राविधिक कारण र क्षमता सीमितताको कारण कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल व्यक्तिगत कर्जाको अवधि २५÷३० वर्षसम्मको हुने भन्दै सो अवधिको ब्याजदर अनुमान गर्ने क्षमता बैंकहरुसँग नभएको बताउँछन् ।
अर्कोतिर, प्रिपेमेन्ट शुल्क ज्यादै न्यून भएको अवस्थामा स्थिर ब्याजदर नीतिले बैंकहरुलाई निकै ठूलो असर पर्ने अवस्था रहेको समेत बैंकरहरु बताउँछन् । अहिले बैंकहरुले ०.१५ प्रतिशतभन्दा बढी प्रिपेमेन्ट चार्ज लिन नपाउने व्यवस्था गरेको छ । यो व्यवस्थाले बजारमा ऋणको परिवर्तनशील ब्याजदर ०.१५ प्रतिशत भन्दा बढी घट्दा व्यक्तिगत कर्जा पलायन हुने सम्भावना रहेको उनीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण