नबिल बैंकको चाडपर्ब योजनाः मुद्दती खातामा ९% ब्याजदर दिने, ७.४९% मा घर कर्जा
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा नबिल बैंकले आफ्ना ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकले कोविड १९ महामारीको विषम परिस्थितीमा मुद्दती खातामा रकम जम्मा गरी उच्चतम ब्याजदरको लाभ लिन सकिने जनाएको छ । बैंकले १३ देखि २४ महिनासम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९% ब्याजदर प्रदान गरिने जनाएको छ ।
यस योजनाअन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९% ब्याजदर प्रदान गरिनेछ । त्यस्तै गरी १ व्ँर्षसम्मको मुद्दती खातामा बैंकले ८.५% ब्याजदर प्रदान गर्दैछ । २ व्ँर्षभन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५% ब्याजदर र५ व्ँर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५०% ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने पनि बैंकले जनाएको छ ।
साथै, कर्जा अन्तर्ग घर कर्जामा ७.४९%, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९% ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ । त्यसैगरी, साना तथा मझौला कर्जामा, एक करोड सम्मको कर्जामा ७.४९%, एक करोड भन्दा माथिको कर्जामा ७.९९% ब्याजदरमा कर्जा प्रदान गर्ने निर्णय बैंकले गरेको छ ।
बैंकले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा हुनुहुन्छ । यस कठिन समयमा नबिल बैंकलेसँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाजप्रती उत्तरदायी हुन चाहन्छ । तसर्थ, सकेसम्म धेरै नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभर ड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको छ ।’
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याजदर प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाई कम गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको तयारी
-
सहकारी ठगीमा संसदीय छानबिन समिति उपयुक्त छैन : कानुनमन्त्री गिरी
-
नर्सिङ संघको कार्यक्रममा देखिएनन् स्वास्थ्यमन्त्री
-
इन्डोनेसियामा आएको बाढीमा परी १५ जनाको मृत्यु
-
विकल पौडेलविरुद्ध ४० करोड बिगो दाबी गर्दै तेस्रो मुद्दा दायर
-
बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द