शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक स्टार श्रीमानको मृत्यु भएको भन्दै भिडियो बनाएपछि....

बिहीबार, ०१ असोज २०७७, १४ : ४५
बिहीबार, ०१ असोज २०७७

पाकिस्तानमा एक महिलाले टिकटकमा आफ्नो श्रीमानको मृत्युको गलत खबर फैलाइन् । श्रीमान् पहिलेदेखि नै टिकटक स्टार हुन् । वास्तविकता सार्वजनिक भएपछि अब मानिसहरुले महिलाविरुद्ध मुद्दा दर्ता गर्न माग गरिरहेका छन् ।

टिकटक स्टारको नाम आदिल राजपूत हो । आदिलकी श्रीमतीको वास्तविक नाम पुष्टि हुन सकेको छैन । पाकिस्तानी मिडियामा उनको नाम फराह राजपूत हो र हिना सलिम बताइँदैछ । आदिलको टिकटकमा २६ लाख फलोअर्स छन् ।

के हो मामिला ?

‘जियो न्यूज’ का अनुसार आदिल राजपूत रहिम यार खानको राशिदबाद शहरमा बस्छन् । यो पञ्जाब प्रान्तमा पर्छ । आदिल आफ्नो भिडियोका कारण टिकटकमा चर्चित छन् । यहाँ उनका २६ लाख फलोअर्स छन् । मंगलबार बिहान आदिलका प्रशंसकका लागि एक दुःखद खबर आयो । उनकी श्रीमतीले रुँदै एक भिडियो जारी गरे । यसमा आदिलको कार दुर्घटनामा मृत्यु भएको बताइयो । सोसल मिडियामार्फत् यो खबर आगो सरी फैलियो । केही मस्जिदले आदिलको मृत्युको खबर घोषणा गरे ।

केही घण्टाभित्रै झुटो समातियोः

जब सोसल मिडिया प्रयोगकर्ताले आदिल जिउँदै भएको थाहा पाए तब उनीहरुको रिसको पारा माथि चढ्यो ।  

आदिलकी श्रीमतीले मानिसहरुको भावनामाथि खेलबाड गरेको भन्दै मुद्दा दर्ता गर्न माग गरेका छन् ।

टिकटकमाथि प्रतिबन्ध गर्न मागः

गत महिना पाकिस्तान सरकारले चिनियाँ सोसल मिडिया एप बिबोलाई प्रतिबन्ध गरेको थियो । यसमाथि अश्लिलता र अपराध बढाएको आरोप थियो । अब टिकटक र युट्युबमा पनि प्रतिबन्ध गर्न माग उठिरहेको छ ।

मानिसहरुले तथानाम भनेपछि आदिलकी श्रीमतीले अर्को भिडियो बनाइन् जसमा उनले उनका श्रीमान् सुरक्षित रुपमा घर फर्किएको जानकारी दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप