मैले किन हुँदैन
उकालोको थकान मेट्ने, डाँडैको त्यो चौतारी
छायाँ दिने बरपीपल, सुन्दर शितल छहारी
खोज्छौ ढुङ्गा, राख्छौ त्यतै, भन्छौ “आसन मेरै हो १”
अर्कैकोमा बस्दै भन्छौः “आफ्नो आसन दिन हुँदैन १”
तिमी बस्ने आसनमा, मैले बस्न किन हुँदैन ?
गन्तव्यमा पु¥याउने त्यो नजिकैको गोरेटो
अलमलिन्छौ केही बेर, पुगेपछि दोबाटो
छान्छौ जता, ठान्छौ उतै, “यो बाटो त मेरै हो१”
अर्कैकोमा हिँड्दै भन्छौः “आफ्नो बाटो दिन हुँदैन १”
तिमी हिँड्ने गोरेटोमा मैले हिँड्न किन हुँदैन ?
पूजा गर्छु भन्दै लान्छौ बारीको फूल चुँडाली
गोड्मेल गर्ने, सिंचित गर्ने, को हो ? किंचित् नबुझी
सुगन्ध र सुन्दरतामा देख्छौ “सारा मेरै हो१”
अर्कैकोमा चढाइ भन्छौः “आफ्नो देवता दिन हुँदैन १”
तिमीले पुज्ने देवतालाई मैले पुज्न किन हुँदैन ?
जून देखे शितल राम्रो, घाम लागे घमाइलो
जता हे¥यो त्यतै तिमीलाई आनन्द र रमाइलो
फुर्की भन्छौ “फक्र्यो भाग्य, दिन बार मेरै हुन् १”
अर्कैकोमा रमाई भन्छौः “आफ्नो खुशी दिन हुँदैन १”
तिमी हाँस्ने दिनबारमा मैले हाँस्न किन हुँदैन ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण