उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित
काठमाडौँ । सरकारले पाँचौं संविधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गरेको छ ।
यस बर्ष शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित गरिएको हो । शंकर ग्रुप शंकरलाल अग्रवालको अध्यक्षतामा स्थापित एक व्यवसायी ग्रुप हो, जसले छोटो समयमा नै नेपालको अर्थतन्त्रमा आफ्नो ठुलो योगदान दिन सफल भएको छ ।
यस ग्रुपले सिमेन्ट, छड, स्टिल पाइप, प्लाष्टिक प्याकेजिनङ इत्यादि निर्माण गर्दै देशको अर्थतन्त्रमा योगदान पुर्याउदै आएको छ ।
शंकर ग्रुपले यो सम्मानले देश र समाजप्रतिको दायित्व बढाएको प्रतिक्रिया दिएको छ । साथै ग्रुपले अहिले गरिरहेका सम्पूर्ण सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ ।
संबिधान दिवसको अवसरमा सरकारले ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरिने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण