फोरजी विस्तारको गति निकै ‘सुस्त’
काठमाडौँ – विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ ।
पहिलोपटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो ।
त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजीको यस्तो विस्तार पनि समान छैन ।
फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको छ । फोरजी सेवा सुरु गरेको तीन वर्ष आठ महिनाको यो अवधिमा टेलिकमका जम्मा आठ लाख ४४ हजार मात्रै फोरजी ग्राहक छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा आगलागीको कहर, साढे ९ महिनामै २० जनाको मृत्यु
-
प्रधानमन्त्री बन्न माधवको ‘मुभ’, सत्तामा फर्किन कांग्रेसका तीन ‘कार्ड’
-
पाकिस्तान र इरानबाट २ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता
-
आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना छ : श्रममन्त्री अर्याल
-
विश्वकप अगाडि सबैलाई अवसर दिइयो : कप्तान पौडेल
-
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो