डिफेन्डिङ च्याम्पियन युभेन्टसको विजयी शुरुवात
क्रिस्टियानो रोनाल्डोले गोल गर्दा नयाँ प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसले इटालियन सिरिए ए को पहिलो खेलमा साम्पडोरियामाथि ३–० को सहज जीत हासिल गरेको छ ।
स्वीडेनका विंगर डेजान कुलुसेभस्कीले आफ्नो डेब्यु खेलमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । लियोनार्डो बोनुचीले युभेन्टसको अग्रता दोब्बर बनाए ।
खेलको अन्त्यमा आरोन रामशेको पासमा रोनाल्डोले गोल गर्दै युभेको जीत सुनिश्चित गरे ।
युभेन्टसका पूर्व मिडफिल्डर पिर्लोसँग सिनियर टोलीको प्रशिक्षण गरेको कुनै अनुभव छैन । गत अगस्तमा उनी माउरिजियो सारीको स्थानमा क्लबको म्यानेजर नियुक्त भएका थिए । उनले प्रशिक्षकको ब्याज पनि गत हप्तामात्र प्राप्त गरेका हुन् ।
इटालियन सरकारले स्टेडियममा १ हजारसम्म समर्थक आउन पाउने गरी नियम खुकुलो गरेपछि आइतबारको खेलमा थोरै संख्यामा दर्शकहरु मैदानमा उपस्थित थिए ।
आइतबारभएका अन्य खेलमा नापोलीले पार्मालाई २–० ले हरायो भने जेनोआले क्रोटोनेमाथि ४–१ को जीत हासिल गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण