बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला
गुल्मीको पहिरोमा हिजो साँझ खि बेपत्ता भएका दुई जनाको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको छ । जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला हिजो साँझ करिब ८ बजेको समयमा सडकमाथिबाट आएको पहिरोमा परी दुई जना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तका अनुसार बेपत्ता हुनेहरू स्थानीय ३९ वर्षीय प्रेम बहादुर कुमाल र ५ वर्षका बालक सफल कुमाल हुन् ।
तम्घास रातडाँडा सडक खण्डमा पहिरोले बगाएर छल्दी पनाह खोलामा बेपत्ता भएका उनीहरुको शवलाई नेपाली सेना वीरभद्रजङ्ग गुल्म धागिथुम ब्यारेकबाट खटिएको टोलीले फेला पारेको गुल्मपपनि सेनानी भुपेन्द्र गुरुङले जानकारी दिए ।
सङ्गै बाटोमा हिँडेका एक जना भने बाँच्न सफल भएका छन् । अवरुद्ध सडक सुचारु गर्न डोजर लगाएको अध्यक्ष टीका रेस्मिले जानकारी दिए । त्यो सडक अबरुद्ध भए पनि तम्घासबाट मुसिकोटतर्फ जाने सामाचौर भाडगाउँ सडकबाट गाडी आवतजावत गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण