कविता : देशद्रोहीहरू
- हेमराज शर्मा
सत्ताको फोहोरी खेलमा,
गिद्धले सिनो झम्टे सरी,
जब लुछाचुँडी हुन्छ
आमाको छातीमा लात हानिन्छ
अनि बिक्छन् न्यायका मूर्तिहरु
बन्द हुन्छन् मान र इमानका बाटाहरु
उपेच्छित हुन्छन गङ्गामायाहरु
अपहेहित हुन्छन् डाक्टर केसीहरू ।
उता देशका छेउ कुनाहरु
छिमेकीले काट्दै जान्छ
जोड्दै जान्छ आफ्नातिर
बजार्छ मेरै आगनमा बुट
सुन्नेले नसुनेपछि
बोल्नेले नबोलेपछि
लेखेर मात्र नहुने रैछ
कोरेर मात्र नहुने रैछ ।
जीवन बाँच्ने आशामा
डिग्री पढेको छोरो अटाउँदैन देशमा
सुन्दर सपना सजाउदा सजाउँदै
निदाउँछ उसको पौरखीको कथा
मरुभूमिमा पानी हाले सरह
बिलाउँछन् इच्छा अनि चाहना,
रुँदै जान्छ कालो कोठरीमा
सेतै फुलेका बुवा आमाको जीवन,
तर पनि मौन छ ऊ ।
उसलाई हामीभन्दा म प्यारो छ
देश जलिरहँदा पनि,
बिनमा लट्ठिएको सर्प झै,
मस्त छ कुर्सीको नसामा,
मिल्थ्यो भने ऊ बेच्ने थियो आमाको धोती
अनि बाबाको शिरको टोपी पनि
र त भन्न मन लाग्छ
हार्दिक श्रद्धाञ्जली जिउँदा देशद्रोहीहरू ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण