इमरजेन्सीमा ल्याएलगत्तै परीक्षण गर्दा जैसवाल जिवित थिएनन्ः वीर अस्पताल
काठमाडौं । वीर अस्पतालले केन्द्रीय कारागारका थुनुवा (कैदी) रामलखन जैसवाललाई अस्पताल (इमरजेन्सीमा) ल्याएलगत्तै परीक्षण गर्दा मृत भेटिएको जनाएको छ । मंगलबार अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले एक विज्ञप्ति जारी गर्दै चिकित्सकले परीक्षण गर्दा जैसवाल जिवित रहेको कुनै पनि चिन्ह नदेखिएकोले मृत घोषित गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा मृतकको असोज ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको जनाइएको छ । विगत ३ दिनदेखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भैसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किनु शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया भएको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
विज्ञप्तिमा यो मेडिकल अवस्थालाई नबुझि केही सञ्चारमाध्यामहरुमा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा उक्त समाचारमा यथार्थता नभएको जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण