घट्दै सुनको मूल्य
काठमाडौँ – असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ ।
यसअघि गत भदौ ३१ गते छापावाल सुनका मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ कायम भएकोे थियो भने असोज १ गते ९६ हजार छ सय रुपियाँ मूल्य तय भएको थियो । त्यसपछि मङ्गलबार ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।
कोभिड–१९ को महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा नै पहेँलो धातुको मूल्य आकाशिँदै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्दै प्रतितोला एक लाख तीन हजार रुपियाँभन्दा माथि पुगेको थियो । अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा नै आगामी अक्टोबर १५ सम्ममा सुन बजारमा करेक्सन आउने अनुमान गरिएको छ । अहिले दैनिक ४० देखि ५० डलरसम्म मूल्यमा कमी आउन थालेको छ । यस्तै क्रम रहेमा नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँसम्म हुनसक्ने शाक्यको अनुमान रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण