रकुल प्रित, सुशान्तकी म्यानेजरलाई ड्रग्स मामिलामा आज सोधपुछ गरिँदै, दीपिकाको पालो शुक्रबार
सुशान्त सिंह राजपूतको मृत्युपछि ताथाकथित बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरोले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ ।
रकुल प्रित सिंह, सुशान्तकी म्यानेजरको रुपमा काम गरेकी श्रुती मोदी र डिजाइनर सिमाने खम्बाटालाई आज (बिहिबार) सोधपुछका लागि बोलाइएको छ ।
पिटिआईका अनुसार एनबीसीका वरिष्ठ अधिकारीले दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार पेश हुन आदेश दिएको जानकारी दिएका छन् ।
यस्तै सारा अली खान र श्रद्धा कपुरलाई २६ सेप्टेम्बर अर्थात् शनिबार बोलाइएको छ ।
यसअघि दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशलाई पनि अनुसन्धानका लागि बोलाइएको थियो तर उनको स्वास्थ्य खराब भएका कारण उनले थप समयको माग गरेकी छिन् ।
अधिकारीका अनुसार उनलाई शुक्रबार उपस्थित हुन भनिएको छ । एनसीबीको स्रोत अनुसार प्रकाशको ह्वाट्सएप च्याटमा ड्रग्सबारे गरिएको कुराकानी भेटिएको थियो ।
ड्रग्स खरिद प्रकरणमा हालसम्म बलिउडका थुप्रै सेलिब्रिटीको नाम आइसकेको छ ।
यसअघि नार्कोटिक्स कन्ट्रोल क्यूरोले आठ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई ड्रग्स केसमा पक्राउ गरेको थियो ।
मिडिया रिपोर्टमा अभिनेत्री दिया मिर्जाको ड्रग्स मामिलामा नाम आएपछि उनले आफूले कहिले पनि ड्रग्सको सेवन नगरेको भन्दै खबरको खण्डन गरिन् । यसबाहेक उनले यो मामिलामा कानूनी कारवाहीको कुरा पनि गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण