पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए ।
राजमार्गमा पहिरो आएको र केही स्थानमा सडक भासिएपछि यातायातका साधन चल्न कठिनाइ भएको छ । सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ ।
राजमार्गमाथि बनाइएका शाखा सडक खन्दा व्यवस्थापनमा ध्यान नदिइएका कारण राजमार्ग अवरुद्ध हुने गरी पहिरो आइरहेकाले सडक विभाग छिटो राजमार्ग सञ्चालनमा खटिएको जनाइएको छ । धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
जताततै पहिरो आएका कारण सडकमा एकतर्फी यातायात सञ्चालन भएको छ । सडकका विभिन्न स्थानमा डोजरलाई तयारी अवस्थामा राखिएको छ । प्रहरीले सवारी साधनलाई सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता
-
सुदूरपश्चिम प्रदेशको स्वास्थ्यबारे बजेट अस्पष्ट
-
प्रगतिशील कानुन व्यवसायी सङ्गठनको अध्यक्षमा थापा निर्वाचित
-
होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ
-
आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
-
‘आवश्यकताका आधारमा आयोजना छनोट गर्नुपर्नेमा राजनीतिक पहुँचको आधारमा गरियो’