लुम्बिनी प्रदेशिक अस्पतालका मेसुलाई पनि कोरोना संक्रमण
बुटवल । कोरोना संक्रमणको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुलाई एकपछि अर्को कोरोना संक्रमण हुने क्रम जारी छ । सोही क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनाललाई कोरोना पोजेटिभ पुष्टि भएको छ । आजै गुल्मी जिल्ला अस्पतालका सुपरिटेण्डन डा.उत्तम पाच्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीवार आफुलाई कारोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको र आफु होम आईसोलेशनमा रहेको डा.पाच्याले बताएका थिए ।
आज दिउँसो लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिँदै आफुसँग सम्पर्कमा रहेकाहरुलाई शुरक्षित स्थानमा बस्न र लक्षण देखिए अस्पातालको फिवर क्लिनिकमा आएर पिसिआर जाँच गर्न आग्रह गरेका छन् ।
उनले अस्पतालमा आमनागरिकको स्वास्थ्य सेवामा खट्दै गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै आफु छिट्टै निको भएर पुन सेवामा फर्किने बताएका छन् । लुम्बिनी प्रदेशिक अस्पतालमा हालसम्म २५ जना भन्दा बढी कोरोना संक्रमित भएका छन् । पछिल्लोपटक डा.खनाललाई संक्रमण भएको हो । अन्य संक्रमित भने उपचारपछि काममा फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण