मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

७४ वर्षका भारतका दिग्गज गायकको कोरोनाले लियो ज्यान

शुक्रबार, ०९ असोज २०७७, १५ : २६
शुक्रबार, ०९ असोज २०७७

७४ वर्षका भारतका दिग्गज गायक एसपी बालासुब्रमण्यमको शुक्रबार निधन भएको छ । उनी कोरोनाभाइरसको संक्रमणबाट जुधिरेहका थिए । उनको मृत्युको खबर उनका छोरा चरण एसपी र एमजीएम अस्पतालले पुष्टि गरेका हुन् । ५ अगस्टमा अस्पताल भर्ना भएका उनको पछिल्लो ४८ घण्टादेखि स्थिती निकै नाजुक बनेको थियो र उनी लाइफ सपोर्ट सिस्टममा थिए ।

अगस्ट ५ मा भनेका थिए, ‘दुई दिनमा ठिक हुनेछु’

एसपीले इन्स्टाग्राममा ५ अगस्टमा भिडियो पोस्ट गरेर आफ्नो अवस्थाबारे जानकारी दिएका थिए । उनले भिडियोमा भनेका थिए, ‘दुई चार दिनदेखि मलाई थोरै चिन्ता भइरहेको छ । रुघा– खोकी, ज्वरो पनि थियो । मैले यसलाई हल्का रुपमा लिन चाहँदैनथेँ । त्यसपछि परीक्षण गराएँ डाक्टरले यो कोरोनाको हल्का मामिला हो भनेका छन् । उनीहरुले मलाई घरमा नै बस्न र औषधी सेवन गर्न भनेका छन् । तर म यस्तो गर्न चाहँदैनथँ किनभने मेरो परिवार असाध्यै चिन्तित छ । म अस्पताल भर्ना भएँ । दुई दिनमा ठिक हुनेछु । म यहाँ आराम गर्नका लागि आएको हुँ, त्यसैले तपाईंहरु सबैको फोन उठाउन सक्दिनँ । मेरो चिन्ता गर्नुभएकोमा धन्यवाद ।’

बालूसँग जोडिएका केही विशेष जानकारीः

– बालासुब्रमण्यमको जन्म सन् १९४६ जून ४ मा नेल्लोर, आन्ध्र प्रदेशमा भएको थियो । सन् १९६६ डिसेम्बर १५ मा उनले प्लेब्याक सिंगरको रुपमा तेलुगू फिल्म श्री श्री श्री मर्यादा रामन्नाबाट डेब्यू गरेका थिए ।

– एसपीले सन् १९८० मा रिलिज भएको फिल्म संकराभारनामबाट अन्तरराष्ट्रिय पहिचान पाए । यो फिल्ममा गायकको रुपमा उनले आफ्नो पहिलो राष्ट्रिय अवार्ड पनि पाएका थिए ।

– सन् १९६९ मा बालाले आफ्नो पहिलो तमिल गीत एयकई एन्नुम इलाया कन्नी रेकर्ड गर्ने मौका पाए । यो फिल्ममा तमिल सुपरस्टार जैमिनी गणेशन देखिएका थिए ।

– उनले ५० वर्षको आफ्नो गायन करियरमा तेलूगू, तमिल, कन्नड, हिन्दी र मलयालमका करिब ४० हजार गीत गाएका छन् ।

– गायक हुनुका साथै बाला तमिल, तेलुगू, कन्नड र हिन्दी भाषाका ४० भन्दा बढी फिल्ममा सङ्गीत निर्देशनको काम पनि गरेका थिए ।

सलमानका आवाज थिए एसपीबीः

सलमान खानलाई आफ्नो आवाजले चर्चित बनाउने एसपीको पूरा नाम श्रीपति पण्डितराध्युला बालासुब्रमण्यम हो । बालूको उपनामबाट चर्चित एसपीले १६ भारतीय भाषामा ४० हजारभन्दा बढी गीत रेकर्ड गरेका थिए । सन् २०११ मा उनलाई पद्म भूषण अवार्डबाट सम्मानित गरिएको थियो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि दर्ता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप