शाखा अधिकृत र नासुको परीक्षाको कार्यतालिका सार्वजनिक
काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरसका कारणले स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी परीक्षा सञ्चालनका लागि शाखा अधिकृत र नायब सुब्बाको परीक्षाको कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।
उनका अनुसार आयोगले न्याय सेवातर्फको लिखित परीक्षा र प्रथम चरणको लिखित परीक्षा सकिसकेका दोस्रो चरणका लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो । आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।
यस्तै नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मङ्सिर ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । न्यायको प्रथम चरणको परीक्षा नै भएको थिएन भने परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् सेवातर्फको खुला परीक्षाको प्रथम चरणको परीक्षा सम्पन्न भइसकेको थियो । आयोगले कोभिड –१९ का कारणले गत चैत ११ गतेदेखि यताका सबै लिखित परीक्षा स्थगन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण