महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी छः मन्त्री नेम्वाङ
पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ को महामारी नियन्त्रणसँगै नयाँ नेपाल निर्माणको महाअभियान जारी रहेको बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको चौथो जिल्ला सभालाई आज फिदिममा सम्बोधन गर्दै मन्त्री नेम्वाङले जनताको सपना पूरा गर्न महामारीको कठिनाईसँग जुध्दै समृद्ध मुलुक निर्माणका कार्यहरु जारी रहेको बताएका हुन् । “ठूला पूर्वाधारका आयोजना द्रुत गतिमा अघि बढाउनुका साथै सेवा प्रवाहका क्षेत्रलाई चुस्त पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्न सरकार लागि परेको छ”, मन्त्री नेम्वाङले भने ।
जनताका आकांक्षालाई सरकारले सम्बोधन गर्ने विश्वास दिलाउँदै मन्त्री नेम्वाङले जनता निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । उनले महामारी नियन्त्रण, राष्ट्रिय स्वाधीनताको रक्षा र समृद्ध नेपाल निर्माण गर्ने यात्रामा सरकार हात्तीजस्तै लम्किरहेको दावी गरे । “भएका समस्या सुल्झिन्छन् तर बहना बनाएर न सरकारी निकायले छुट पाउँछ न त निर्माण वयवसायीले नै”, मन्त्री नेम्वाङले भने, “हामी जनप्रतिनिधिलाई पनि जनताले हेरिरहेका छन् र अर्को चुनावमा दण्ड वा पुरस्कारको व्यवस्था गर्छन् ।” धेरै विकास आयोजना अलपत्र भइरहेको आफूले सुनेको बताउँदै मन्त्री नेम्वाङले अब कुनै पनि निर्माण व्यवसायी र तालुकदार निकायले छुट नपाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण