नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू सातै प्रदेशमा
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक विक्रेता छनोटका निम्ति २०७७ साल साउन २२ गते प्रथम पटक र २०७७ भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेको थियो ।
जसमा निर्धारित सर्तहरूका अधीनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदाता मध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता समेत भएको छ ।
सम्झौता पत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्र लगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकाहरूलाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पु¥याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गरे ।
मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशनहरू सम्झौताबमोजिम नै देशका सबै भागमा र विदेशमा समेत पु¥याउने प्रतिबद्धता व्यक्त गरे । सो सम्झौता हस्ताक्षरका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. हेमनाथ पौडेल र डा. देवी नेपाल तथा प्रशासन प्रमुख सुमन अधिकारी एवम् मकालु प्रकाशन गृहका व्यवस्थापक राजेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण