‘यो कस्तो माया’ मा ध्रुव र निरु
आइतबार, ११ असोज २०७७, १५ : १७
काठमाडौँ । गीतकार ज्योती गुरुङको नयाँ गीत ‘यो कस्तो माया’ भिडियोसहित सार्वजनिक भएको छ । प्रेम वियोगको कथालाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा ध्रुव दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको छ ।
लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको गीतमा संगीत अर्जुन सुनमले दिएका छन् । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । गीतको भिडियोमा एउटी नारी आर्दश प्रेमको विश्वासमा पर्दा पुरुषबाट पाएको धोका देखाउन खोजिएको निर्देशक श्रेष्ठले बताए । बेलायतमा छायाँकन भएको भिडियो छायाँकन तथा सम्पादन समेत निर्देशक श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण