अफगान सेनाको कारबाहीमा १२ तालिबानी मारिए, केही घाइते
एजेन्सी । अफगानिस्तानका पूर्वी क्षेत्रका दुई प्रान्तमा शनिबार भएका सैन्य कारबाहीमा परी कम्तीमा पनि १२ जना तालिबानी लडाकूहरुको ज्यान गएको बताइएको छ । उनीहरु शनिबार अपरान्हमा सरकारी सैन्य कारबाहीमा परी मारिएका अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
अफगानिस्ताको पूर्वी प्रान्त लागोरमा अफगान सेनाको एयर फोर्सले गरेको हवाई कारबाहीमा परी छ जना ताबिलानी लडाकू मारिएका छन् । उनीहरु सो क्षेत्रमा स्थापना गरी सञ्चालनमा ल्याएको अखडामाथि अफगान सरकारी सेनाले हवाई आक्रमण गरेको थियो । सो कारबाहीबाट उक्त क्याम्प ध्वस्त भएको बताइएको छ ।
त्यसैगरी सो प्रान्तको छिमेकी अर्को प्रान्त घाज्नीको आब जिल्लामा रहेको एक प्रहरी चौकीमा तालिबानका लडाकूहरुले शनिबार साँझ हमला गरेका थिए । त्यस क्रममा अरु पाँच जना तालीबानी लडाकूहरु घाइते भएका छन् । यी दुवै कारबाहीहरुमा अफगान सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको बताइएको छ ।
यी कारबाहीका विषयमा अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका लडाकूहरुले भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिखेर अफगान सरकार र तालिबानी लडाकूकाबीचमा कतारको दोहामा वार्ता जारी रहेको छ । तर यता अफगानिस्तानमा भने ताबिलानहरुले हिंसा रोकेका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण